जनप्रतिनिधिहरुले पूर्वाग्रह नराखी न्याय गर्नुपर्छ : कामु प्रधानन्यायाधीश कार्की (भिडिओ) – Nepal Press

जनप्रतिनिधिहरुले पूर्वाग्रह नराखी न्याय गर्नुपर्छ : कामु प्रधानन्यायाधीश कार्की (भिडिओ)

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुले न्याय सम्पादन गर्दा पूर्वाग्रह राख्न नहुने बताएका छन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक सम्मेलनमा उनले न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्ने कुरा बिर्सिनुपर्ने बताएका हुन् ।

कामु प्रधानन्यायाधीश कार्कीले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसावबाट गरिए न्याय पूर्वाग्रही हुने स्पष्ट पारे । पूर्वाग्रह भएको ठाउँमा न्याय हुन नसक्ने उनको भनाइ थियो ।

‘जहाँ पूर्वाग्रह हुन्छ, त्यहाँ न्याय हुँदैन । न्याय गर्न स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्छ । त्यसैले को केबाट भए, विवाद गर्न आउने मान्छे को हो भन्न थाल्यौं भने त हामीले न्याय गर्दैनौं’, उनले भने, ‘अनि न्यायिक अधिकार दिएको त त्यसै खेर जान्छ । न्याय गर्न बस्दा त्यो सम्पूर्ण कुरा बिर्सिनुपर्छ । तर, समाजमा मिलाएर राख्ने कुरा छ भने म जनप्रतिनिधि पनि हो है भन्ने हिसाबले काम गर्नसक्यौं भने आफ्ना दुवै भूमिका निर्वाह गर्न सक्नुहुन्छ ।’

कामु प्रधानन्यायाधीश कार्कीले मेलमिलाप कायम गरेर अघि बढ्नसके सबैले साथ दिनेसमेत बताए । न्यायिक समितिले फैसला गर्नेभन्दा मेलमिलापको कुरामा बढी जोड दिनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर