गायक खड्क गर्बुजा र तारा श्रीषले ‘लाहुरेः ठाडो भाका’ ल्याउँदै – Nepal Press

गायक खड्क गर्बुजा र तारा श्रीषले ‘लाहुरेः ठाडो भाका’ ल्याउँदै

काठमाडौं। नयाँ वर्ष २०८० को अवसर पारेर लोकदोहोरी गायक खड्ग गर्बुजाले ‘लाहुरेः ठाडो भाका’ लिएर आउने भएका छन्। लोकदोहोरी क्षेत्रमा कालिगण्डकीको सालैज्यू भाकालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने जस पाएका गर्बुजालाई ‘लाहुरेः ठाडो भाका’मा ताराश्रीष मगरले साथ दिएकी छन् ।

शारिरिक अपाङ्गताका बाबजुद पनि दर्शकलाई आफ्नो स्वरले मुग्ध बनाउने क्षमता राख्ने गायक गर्बुजाको लाहुरेमा नायक राहुल केसी र नायिका केकी अधिकारीको अभिनय रहेको छ।

गर्बुजा सालैजो, सोरठी, यानिमाया ठाडो भाखा, कौरा, झ्याउरे, ख्यालीजस्ता लोकगीतलाई पुनर्जिवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी लोकगायक हुन्। गायक तथा संकलक गर्बुजाको पुराना गीतहरूलाई राजु केसी र रक्षा बानिया केसीले भिडियोमार्फत दर्शकमाझ ल्याउने खोजेको हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *