कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा हुनेछु – Nepal Press

कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा हुनेछु

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कांग्रेस पार्टी परित्याग गरेसँगै नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताएका छन् ।

पार्टी परित्यागको घोषणा गर्दै उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरूवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने बताए ।

उनले सामाजिक सञ्जालमा पार्टी छाडेको घोषणा गर्दै लेखेका छन्, ‘अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरूवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’

आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने उनको भनाइ छ । उनले जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल कांग्रेस अहिले अहिले दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुँदै गएको आरोप लगाएका छन् ।

यस्तो छ उनको भनाई-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर