२९ वर्ष पुगे अनमोल, सलोन र हरिहरको पनि आजै जन्मदिन – Nepal Press

२९ वर्ष पुगे अनमोल, सलोन र हरिहरको पनि आजै जन्मदिन

काठमाडौं । नेपाली सिने क्षेत्रका तीन अभिनेताको आज एकैदिन जन्मदिन परेको छ । चैत १६ मा जन्मदिन परेका यी तीन अभिनेता हुन्– अनमोल केसी, सलोन बस्नेत र हरिहर अधिकारी ।

चलचित्र ‘होस्टेल’ बाट अभिनय यात्रा सुरु गरेका अनमोल र सलोन मिल्ने साथी हुन् । ‘होस्टेल’ पश्चात यी दुईले ‘गाजलु’, ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ मा एकसाथ काम गरे ।

स्टारडमको विषयलाई लिएर घरिघरि गसिपको पात्र बनिराख्ने यी दुईको मित्रताको भने सधैं तारिफ हुन्छ । कुनै कार्यक्रम तथा समारोहमा विरलै देखिने अनमोल सलोनको विवाहमा भने केही समयको लागि उपस्थित भएका थिएा । उनी उपस्थित हुनुले उनीहरुको मित्रता बलियो भएको धेरैको अनुमान थियो ।

एकै चलचित्रबाट उदाएका यी दुई नायकबीच ३ वर्षको उमेर अन्तर छ । अनमोल आजबाट २९ पुगेका छन् भने सलोन ३२ वर्षमा प्रवेश गरेका छन् ।

यस्तै यता आफ्नै होम प्रोडक्सनबाट चलचित्र निर्माण गर्नमा व्यस्त नायक हरिहर पनि आजबाट ३२ वर्षमा टेकेका छन् । नीता पति हरिहर पेशाले ज्योतिष हुन् । उनी हाल नीता ब्यानर्सबाट निर्माण भइरहेको चलचित्र ‘ह्रस्व दीर्घ’ मा व्यस्त छन् ।

उनले यसअघि सन् २०१९ मा रिलिज भएको चलचित्र ‘शुभ लभ’ मा काम गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर