एपीएफकी सिता ललितपुर मेयर्स कपको सर्वोत्कृष्ट खेलाडी – Nepal Press

एपीएफकी सिता ललितपुर मेयर्स कपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । एपीएफ क्लबकी कप्तान सिता राना मगर ललितपुर मेयर्स कप महिला टी२ ० क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

बिहीबार सम्पन्न मेयर्स कपमा अपराजित रहँदै एपीएफले उपाधिमा ह्याट्रिक गर्दा सिता पाँचमध्ये चार खेलमा प्लेयर अफ दी म्याच बनेकी थिइन् । फाइनलमा पनि सिताको उत्कृष्ट ब्याटिङमा एपीएपले कोसी सामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।

फाइनलसहित पाँच खेलमा सिताले दुई अर्धशतकसहित कुल २ सय १४ रन बनाइन् भने, ८ विकेट लिएकी छिन् । योसहित ललितपुर मेयर्स कपमा सिता दोस्रो पटक सर्वोत्कृष्ट खेलाडी बनेकी हुन् । सर्वोत्कृष्ट घोषित भएसँगै सिताले ३० हजार प्राप्त गरिन् ।

सिता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री उत्कृष्ट ब्याटर र कोसीकै निशा शाह उत्कृष्ट बलर घोषित भए ।

रुबिनाले यस प्रतियोगितामा कुल १ सय ३९ रन बनाएकी छिन् । भने, उत्कृष्ट बलर निशाले ६ विकेट लिएकी छिन्। उत्कृष्ट घोषित भएका रुविना र निशाले समान १५ हजार प्राप्त गरे ।

चैत्र ९ गतेदेखि सुरु भएको प्रतियोगितामा एपीएफ, कोसि, सुदुरपस्चिम प्रदेश, मधेस प्रदेश र ललितपुर मेयर ११ सहित पाँच टिमको सहभागिता रहेको थियो । सिंगल राउन्ड रोबिन पद्दतीमा भएको प्रतियोगिताको शिर्ष दुई टिमले फाइनल खेलेका थिए ।
फाइनलमा कोसीलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको एपीएफले २ लाख र उपविजेता कोसीले एक लाख पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *