पाशुपत क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न आवश्यक : राष्ट्रपति पौडेल (भिडिओ) – Nepal Press

पाशुपत क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न आवश्यक : राष्ट्रपति पौडेल (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरूको लागि पनि महत्वपूर्ण गन्तव्यस्थलको रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार पाशुपत क्षेत्रमा श्री राधा माधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषललाई हस्तान्तरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले पशुपति क्षेत्रमा मन्दिरमा पूजा गर्न जानेमात्रै नभई पूजापछि विश्रामका लागि पनि बगैँचाहरूको निर्माणमा जोड दिए ।

पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने उनको भनाई थियो ।

उनले भने, ‘पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्छ । हरेक वर्ष मनाइने महान पर्वहरु शिवरात्री, बालाचतुर्दशी, हरितालिका तीजलगायतमा आउने भक्तहरूलाई ध्यानमा राखेर अव्यवस्थित मन्दिर परिसरमा आउने समस्या कम गर्न थुप्रै उद्यान र प्रतीक्षालयको विकास र संरक्षण गर्न जरुरी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *