तनहुँ १ का कांग्रेस उम्मेदवार भट्टराई भन्छन्- प्रतिस्पर्धा गर्न पाइन्छ तर, घण्टीले जित्ने आधार छैन (भिडिओ) – Nepal Press

तनहुँ १ का कांग्रेस उम्मेदवार भट्टराई भन्छन्- प्रतिस्पर्धा गर्न पाइन्छ तर, घण्टीले जित्ने आधार छैन (भिडिओ)

काठमाडौं । वैशाख १० गते हुने निर्वाचनमा नेपाली कांग्रेसबाट तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै यसअघि पनि कांग्रेसको उम्मेदवार जितेको क्षेत्र भएकाले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरे ।

उनले आफूलाई जिताउन सबै गठबन्धन लाग्ने विश्वास व्यक्त गरे । आफू अहिलेसम्म कुनै लाभको पदमा नरहे पनि तनहुँका जनताको सेवामा निरन्तर लागेको बताए। तनहुँ १ मा आफ्नै पहलमा ६० भन्दा धेरै खानेपानीका योजनाको काम गरिरहेको बताए । तनहुँको विकास निर्माणबारे पनि निरन्तर खटिरहेको बताए ।

उनले आफ्नो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जो उम्मेवादर बने पनि आफूलाई समस्या नपर्ने बताए ।

भट्टराईले भने, ‘यो बहुदलीय व्यवस्था हो । एउटै पार्टी पद्धति हुनुहुन्न । देशमा बहुदलीय व्यवस्था चाहिन्छ भन्ने हिँडेको मान्छे हो । धेरै दलहरुबीच राम्रो उम्मेवार हुनु मतदाताको लागि राम्रो हो । विगतको भोटको आधारमा पनि घण्टीले जित्ने आधार छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर