प्रचण्डको प्रतिबद्धता- दुई हप्ताभित्र चितवन रंगशालाका समस्या समाधान गरेर काम थाल्छौँ (भिडिओ) – Nepal Press

प्रचण्डको प्रतिबद्धता- दुई हप्ताभित्र चितवन रंगशालाका समस्या समाधान गरेर काम थाल्छौँ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो समयदेखि अलपत्र चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका छन्।

भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै बढीमा दुई हप्ताभित्र समस्या समाधन हुने बताए।

उनले भने, ‘क्रिकेट रंगशालाको कुरा मलाई लाग्छ एक हप्ता वा दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ। र निर्माण कार्य अगाडि बढ्छ। यो कुरा पनि म विश्वास दिलाउन चाहन्छु।’

सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल धुर्मुसले निर्माण थालेको सो रंगशाला आर्थिक अभावको कारणले रोकिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर