एक दुईवटा मन्त्रालय थोरै मिलाउन बाँकी छ, आजै शपथ ग्रहण गराउने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

एक दुईवटा मन्त्रालय थोरै मिलाउन बाँकी छ, आजै शपथ ग्रहण गराउने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बताएका छन्।

भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक दुई वटा मन्त्रालयको भागबण्डा टुंग्याउन बाँकी रहेको बताए।

उनले भने, ‘आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ । आज सकिएन भने भोलि बिहान होला, काम त हाम्रो सकिएको छ । एक दुईटा मन्त्रालय थोरै मिलाउन बाँकी छ । बाँकी टुंगिएको छ यो पनि मलाई लाग्छ, तपाईँ हामी सबैको लागि खुसीको कुरा हो ।’

नेपालको राजनीतिलाई स्थायित्व र नयाँ गति दिने संकल्पको साथ आफू प्रधानमन्त्री भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर