ललितपुर मेयर्स कप फाइनल : एपीएफविरुद्ध टस जितेर फिल्डिङ गर्दै कोशी प्रदेश – Nepal Press

ललितपुर मेयर्स कप फाइनल : एपीएफविरुद्ध टस जितेर फिल्डिङ गर्दै कोशी प्रदेश

काठमाडौं । ललितपुर मेयर्स कप महिला टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कोसी प्रदशले एपीएफविरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ । कोसीकी कप्तान रुविना क्षेत्रीले टस जितेसँगै एपीएफ पहिला ब्याटिङमा उत्रिएको छ ।

समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको एपीएफ लगातार तेस्रो पटक उपाधि जित्ने लक्षमा रहेको छ । भने, समूह चरणमा तीन खेलमा जित र एकमा हारको नतिजासहित दोस्रो स्थानमा रहेर कोसी फाइनल पुगेको थियो ।

कोशीको प्लेइङ ११ः

रुविना क्षेत्री, काजल श्रेष्ठ, स्मृती कटुवाल, सबनम राई, अप्सरी बेगम, बिमला मलाहा, निशा शाह, अलिशा खडिया, ज्योति दनुवार, लतिका राजवंशी र नमिता श्रेष्ठ

एपीएफको प्लेइङ ११ः

सिता राना मगर, ज्योति पाण्डे, इन्दु वर्मा, राजमती ऐरी, सोनु खड्का, रेखा रावल, सुमन विष्ट, नेरी थापा, रोमा थापा, ममता चौधरी र बिना बुढा मगर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर