पल शाह वैशाखमा घोडाघोडी आउँदै – Nepal Press

पल शाह वैशाखमा घोडाघोडी आउँदै

कैलाली । अभिनेता पल शाह कैलालीको सुखडमा आउने भएका छन् । घोडाघोडी साङ्गीतिक उत्सव २०८० मा सहभागी हुन शाह यहाँ आउन लागेका हुन् ।

आभास सञ्चार कम्पनी प्रालीले आउँदो नयाँ वर्षको अवसरमा घोडाघोडी १ सुखडमा घोडाघोडी साङ्गीतिक उत्सव आयोजना गर्न लागेको छ । उक्त कार्यक्रममा शाहलाई पहिलो पटक ल्याउन लागिएको कार्यक्रम संयोजक प्रकाश मिश्रले जानकारी दिए ।

‘उहाँलाई पहिलो पटक घोडाघोडीको सुखडमा हामीले ल्याउन लागेका हौँ’ मिश्रले भने ’विगत ४ वर्ष देखी कैलाली आउनु भएको छैन।’

वैशाख ७ देखी १० गते सम्म सुखडको हेली प्याडमा हुने उत्सवमा शाह सहित अभिनेता पुष्प खड्का, गायिका एलिना चौहान, गायक बादल थापा, टङ्क तिमिल्सेना र हेम राज थापा लगायतको प्रस्तुति रहने संयोजक मिश्रले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *