आजै साँझ मन्त्रीहरूको शपथ गराउने तयारी, मन्त्रालयको बाँडफाँट टुंगिन बाँकी – Nepal Press

आजै साँझ मन्त्रीहरूको शपथ गराउने तयारी, मन्त्रालयको बाँडफाँट टुंगिन बाँकी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

बिहीबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले आज नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको बताए ।

केही दलहरूले पाउने मन्त्रालयको टुंगो लागिसकेको उल्लेख गर्दै उनले नटुंगिएका दलहरू फेरि छलफलमा बस्ने बताए ।

उनले भने, ‘टुंगिएका पार्टीहरू आउनु परेन नटुंगिएका पार्टी फेरि बस्ने भनेका छन् । सबै पार्टीले आफ्नो प्रक्रियाबाट टुंगो लगाए । संस्थागत निर्णय गरेर नाम दिए भने आज साँझ शपथ हुन्छ ।’

अहिले प्रधानमन्त्री प्रचण्ड चितवन गएकाले २ बजे फेरि बैठक बस्ने उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर