मिटरब्याज पीडितद्वारा मनोज पासवानको नेतृत्वमा पाँच सदस्यीय वार्तामा समिति गठन


काठमाडौं । मिटरब्याज पीडितहरूले संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा वार्ता समिति गठन गरेका छन् । पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहेका छन् ।
उनीहरूले भोलि सरकारी टोलीसँग वार्ता गर्दैछन् । पीडितहरू १२ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका हुन् । भोलि हुने वार्तामा मुख्यगरी तमसुक व्यवस्था खारेज लगायतका मागहरू रहेको कुमार बर्तौलाले बताए ।
उनले भने, ‘तमसुक व्यवस्था खारेज गरिदिनेदेखि मिटरब्याजीबाट लुटिएको सम्पत्ति फिर्ता गरिदिनुपर्ने, सुदखोरको अवैध सम्पत्ति छानबिन गरिनुपर्ने, पीडितमाथि लगाइएका झुटा मुद्दा खारेज गरिनुपर्ने लागायत माग छ । थुनामा राखिएका पीडितहरूलाई उचित क्षतिपूर्ति सहित स-सम्मान रिहा गरिनुपर्ने, पीडितमाथि गरिएका बलात्कार र यौन हिंसाको छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने हाम्रो माग रहेको छ ।’
यदि सरकार पीडितका मागहरू पूृरा गर्न तत्पर नभए थप आन्दोलनको घोषणा गर्ने बर्तौलाले बताए ।