‘जनताका न्यायाधीश’हरुको पहिलो राष्ट्रिय न्यायिक सम्मेलनः आयोजक सुनिता डंगोल के भन्छिन् ? (भिडिओ) – Nepal Press

‘जनताका न्यायाधीश’हरुको पहिलो राष्ट्रिय न्यायिक सम्मेलनः आयोजक सुनिता डंगोल के भन्छिन् ? (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पहिलो राष्ट्रिय न्यायिक सम्मेलन सुरु भएको छ । बुधबार सुरु भएको दुई दिने सम्मेलनमा देशभरिका स्थानीय तहका उपमेयर तथा उपाध्यक्षहरूको उपस्थिति रहेको छ ।

संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपमेयरको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । यसरी गठन भएको न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ ।

न्यायिक क्षेत्राधिकारभित्र रहेर सामान्य प्रकृतिका मुद्दाहरु छिनोफानो तथा मिलापत्र गर्ने यस समिति बेलाबेला क्षेत्राधिकारसम्बन्धी विवाद, कानूनसम्बन्धी ज्ञान तथा विज्ञता आदिको विवादमा समेत आउने गरेको छ ।

यस अवस्थामा काठमाडौं महानगरपालिकाले पहिलो राष्ट्रिय सम्मेलन आयोजना गर्नुको कारण, आवश्यकता र उद्देश्यको सेरोफेरोमा रहेर नेपाल प्रेसले काठमाडौं महानगरपालिकाकी उपमेयर तथा सम्मेलन आयोजक सुनिता डंगोलसँग गरेको संक्षिप्त कुराकानी:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर