नेपाली र अमेरिकी सेनाबीच ‘बाइल्याटरल ल्यान्ड फोर्सेस’ संवाद – Nepal Press

नेपाली र अमेरिकी सेनाबीच ‘बाइल्याटरल ल्यान्ड फोर्सेस’ संवाद

काठमाडौं । नेपाल र अमेरिकाका सेनाबीच काठमाडौंमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस’ संवाद भएको छ । चैत १३ गतेदेखि तीनदिनसम्म भएको संवादमा अमेरिकी टोलीको नेतृत्व अमेरिकी सेनाअन्तर्गत प्यासिफिक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथ र नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गरेका थिए ।

संवादमा मानवीय सहायता तथा विपद् उद्धार, शान्ति कार्य सञ्चालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा पूर्ववत सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

मेजर जनरल स्मिथले प्रधानसेनापति प्रभुराम शर्मा र रक्षासचिवसँग पनि भेटघाट गरेका छन् ।

संवादको अर्को संस्करण आगामी वर्ष अमेरिकामा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर