रोक्का जग्गाको ७० लाख रुपैयाँ बैना फिर्ता नगरेपछि पूर्वराजदूत पत्नी पक्राउ – Nepal Press

रोक्का जग्गाको ७० लाख रुपैयाँ बैना फिर्ता नगरेपछि पूर्वराजदूत पत्नी पक्राउ

काठमाडौं । ठगी आरोपमा पूर्वराजदूत निराकारमानसिंह बस्न्यातकी श्रीमती रेनुकुमारी थापा बस्न्यात पक्राउ परेकी छन् ।
महानगरीय प्रहरी वृत्त बानेश्वरले रेनुलाई पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले बुधबार थुनामा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको काठमाडौं प्रहरी परिसरका निमित्त प्रवक्ता निरञ्जन भट्टले जानकारी दिए ।

‘ठगीको जाहेरी आएपछि उहाँ पक्राउ पर्नुभएको हो । अनुसन्धान भइरहेको छ’, उनले भने । प्रहरीका अनुसार जग्गा कारोबारसम्बन्धी ठगी आरोपमा रेनुविरुद्ध जाहेरी परेको थियो ।

जग्गा बिक्री गर्ने भन्दै उनले ७० लाख रुपैयाँ बैना लिएकी थिइन् । तर, उक्त जग्गा रोक्का भएको थाहा पाएपछि पीडितले बैना फिर्ता मागेका थिए । फिर्ता नदिएपछि पीडित प्रहरीकहाँ पुगेको हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *