ओलीको आरोप- माओवादी र नेकपा एसलाई कम्युनिष्ट भन्ने अधिकार नै छैन – Nepal Press

ओलीको आरोप- माओवादी र नेकपा एसलाई कम्युनिष्ट भन्ने अधिकार नै छैन

'नेकपा एस एकीकृत र समाजवादी हैन फाटोवादी र पूँजीवादी'

रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी र नेकपा एसमा नेताहरु खराब भएपनि इमान्दार कार्यकर्ताहरु धेरै भएकाले उनीहरुलाई भ्रमबाट मुक्त पारिनुपर्ने बताएका छन् ।

आज बुटवलमा मिसन ग्रासरुट अभियानलाई सम्बोधन अर्दै ओलीले दुवै पार्टीमा रहेका नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएकाले नेताहरु छाडेर इमान्दार कार्यकर्तालाई एमालेतर्फ ल्याउनुपर्ने बताएका हुन् ।

पार्टी फुटाउने, चोइटाउनेको नाम एकीकृत भनेर राखेका छन्, उनीहरु फाटोवादी हुन्, अनि कम्युनिष्टको सरकार ढलाएर कांग्रेसको सरकार बनाउन बिन्ति बिसाउने, पार्टी फुटाएर पूँजीवादीको पुच्छर बनेर कांग्रेससँग गठबन्धन गरेर घाँटी जोड्ने अनि नाम चै समाजवादी राखेर भ्रमित बनाउने ?’, ओलीले भने, ‘यसरी केही इमानदार कार्यकर्ता भ्रममा छन् उनीहरुलाई वास्तविकता बुझाएर पार्टीमा ल्याऔं, उचित जिम्मेवारी दिऔं ।’

माओवादीमा पनि धेरै इमान्दार कार्यकर्ताहरु भ्रममा लागिरहेको ओलीले दावी गरे । शरिरभरी गोली बोकेर, अंगभंग भएर परिवारका सदस्य गुमाएर कार्यकर्ता बसेका छन्, प्रचण्डसहितका नेताहरुलाई मस्ती छ, अब ती कार्यकर्ताको चेत खुलाउनेगरी अभियान थाल्नुपर्दछ, भ्रमबाट मुक्त गर्नुपर्दछ, माओवादीमा नेता खराब छन्, कार्यकर्ता इमान्दार छन, उनीहरुलाई पार्टीमा ल्याएर जिम्मेवारी दिएर घुलमिल गराऔं ।’

कार्यक्रममा माधव नेपाल र प्रचण्डको नामै लिएर ओलीले कम्युनिष्ट सरकार ढालेर विदेशीको इशासारमा कांग्रेसको नेतृत्वमा रहनेहरुलाई कम्युनिष्ट भन्ने अधिकार नै नभएको दावी गरे । कम्युनिष्टको सरकार ढाल्ने, पार्टी फुटाएर वाखै खेल्ने, तहननहस बनाएर अरु देशलाई रिझाउनेहरुले नाम कम्युनिष्ट राखेर हुँदैन– ओलीले भने ।

नेता ओलीले एमालेले ल्याएको विकास र समृद्धिका योजनाका विषयमा पार्टीपंक्ति जनतासमक्ष जान नसकेको स्वीकार गर्दै त्यसैलाई चिर्न अहिलेको मिसन ग्रासरुट अभियान ल्याइएको बताए ।

हामीले असल अभ्यासको थालनी गर्यौ, ३० वर्षमा हुन नसकेका काम ९ महिनामै गर्यौ, तर हामीले जनतालाई बुझाउन सकेनौं, यति धेरै शक्तिशाली पार्टी कमिटी निस्कृय बस्यो, आफ्ना जिम्मेवारी पूरा गरेनौ अब त्यसरी चल्दैन, अब धार लगाऔं, विकास र समृद्धिको बाहक बनौं, एमालेलाई बहुमत ५१ प्रतिशत ल्याउनेगरी अहिलेको मिसन पूरा गरौं ।’

अहिले युवा पुस्तामा समेत राजनीतिक सचेतना पुगेको भन्दै त्यो पिँढीमा एमालेको अभियान पुराउन नेता कार्यकर्तालाई निर्देशन दिए । अब जनतालाई एमाले के हो भनेर बुझाऔं, अहिलेसम्म हामीले बुझाउन सकेनौं, युवा पिँढीलाई हाम्रो अभियानमा जोडौं, उनीहरुलाई जिम्मेवारीमा खटाहौं, हामी जनताको सेवक हौं, विकास र समृद्धिको बाहक हौं भनेर बुझाऔं– ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर