जसपाबाट बारा २ मा उपनिर्वाचन लड्न उपेन्द्र यादवको एकल नाम सिफारिस – Nepal Press

जसपाबाट बारा २ मा उपनिर्वाचन लड्न उपेन्द्र यादवको एकल नाम सिफारिस

जनकपुरधाम । उपनिर्वाचन हुने बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उम्मेदवार सिफारिस भएका छन् ।

आज बसेको जसपा क्षेत्रीय समितिको बैठकले अध्यक्ष यादवलाई उम्मेदवार सिफारिस गरेको हो । बैठकबाट अध्यक्ष यादवको एकल नाम सिफारिस भएको जसपाका एक नेताले जानकारी दिए ।

उक्त बैठकमा मधेस प्रदेशका अर्थमन्त्री सञ्जय यादवसमेत सहभागी थिए ।

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएकाले उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचन वैशाख १० गते तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर