बालुवाटार बैठकबाट बाहिरिए उपेन्द्र यादव – Nepal Press

बालुवाटार बैठकबाट बाहिरिए उपेन्द्र यादव

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको दलीय गठबन्धनको बैठकबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बाहिरिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक छाडेर अध्यक्ष यादव बाहिरिएका हुन् । अरु नेताहरुको बैठक भने जारी छ ।

उनले आफ्नो काम परेर बैठकमा बस्न नसकेको बताए । उनले बैठकबाट बाहिरिने क्रममा भने, ‘बैठक जारी छ । म काम परेर निस्किएको हुँ ।’

जसपाले सरकारमा जान तीन मन्त्रालय मागेको छ । तर, प्रधानमन्त्री प्रचण्डले दुईभन्दा बढी दिन नसक्ने जवाफ दिएका छन् ।

आजै केही मन्त्रीलाई शपथ गराउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल अघि बढाइरहेका छन् । दुई चरणमा गरी मन्त्रिपरिषद् विस्तार गर्ने नेताहरूबीच सहमति भएको भनिएकोमा अझै भागबन्डा नटुंगिँदा आज विस्तार हुनसक्ने सम्भावना क्षिण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर