बालुवाटारमा फेरि जुटे गठबन्धनका नेता, टुंगिएला भागबन्डा ? – Nepal Press

बालुवाटारमा फेरि जुटे गठबन्धनका नेता, टुंगिएला भागबन्डा ?

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । बिहान एक चरण छलफल गरेर विनानिष्कर्ष उठेका नेताहरू फेरि छलफलमा जुटेका हुन् ।

आजै केही मन्त्रीलाई शपथ गराउने प्रधानमन्त्रीको तयारी छ । दुई चरणमा गरी मन्त्रिपरिषद् विस्तार गर्ने नेताहरूबीच सहमति भएको भनिएकोमा अझै भागबन्डा नटुंगिदा आज विस्तार हुनसक्ने सम्भावना कम रहेको एक नेताले बताए ।

प्रचण्डले आज केही मन्त्री नियुक्ति गर्नेगरी साझेदार दलहरूसँग नाम मागेका थिए । नेकपा एसले भने तीन मन्त्रालयको अडान कायमै रहेको भन्दै प्रधानमन्त्रीबाट जवाफ आएपछिमात्र मन्त्रीको नाम दिने निर्णय गरेको छ ।

शीर्ष नेताहरू संघदेखि प्रदेशसम्म प्याकेजमा सहमति गर्ने गरी वान टु वान र समूहगत भेटवार्ता गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर