प्रकाशशरणलाई प्रश्न- अर्थमन्त्री बन्न लाग्नुभएको हो ? – Nepal Press

प्रकाशशरणलाई प्रश्न- अर्थमन्त्री बन्न लाग्नुभएको हो ?

काठमााडौं । मन्त्रिपरिषद् विस्तारको तयारीसँगै मन्त्रालयमा आउने सम्भावित मन्त्रीबारे पनि आम चासो छ । १० दलीय गठबन्धनमा गृह माओवादीले नै राखेर अर्थ कांग्रेसलाई दिने सहमति भइसकेको छ । योसँगै अर्थमन्त्रीको प्रमुख दाबेदारमध्येका एकमा कांग्रेस प्रवक्ता प्रकाशशरण महतको चर्चा भइरहेको छ ।

महतले अर्थमन्त्रीमा आफ्नो नाम गएको बताए । तर, पार्टीले निर्णय गर्न बाँकी नै रहेको उनको भनाई छ ।

समस्याग्रस्त अर्थतन्त्र ट्रयाकमा कसरी ल्याउन सकिएला त ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘अर्थतन्त्र सुधार गरेर नै अगाडि जानुपर्ने अवस्था आएको छ । देशको अर्थतन्त्रको अवस्था मैले बुझेको छु । सुधार गरेर अगाडि लैजानुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर