भोलिदेखि लुम्बिनीमा दुई दिने मिडिया सम्मेलन – Nepal Press

भोलिदेखि लुम्बिनीमा दुई दिने मिडिया सम्मेलन

रुपन्देही । नेपाल पत्रकार महासंघले बुद्ध जन्मस्थल लुम्बिनीमा भोलिदेखि दुई दिने राष्ट्रिय मिडिया सम्मेलनको आयोजना गरेको छ । आफ्नो ६८औं स्थापना दिवसको अवसर पारेर महासंघले लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको जनाएको छ ।

महासंघका अध्यक्ष विपुल पोखरेलले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरेर लुम्बिनीमा गरिने मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनहरूका विषयमा बृहत बहस र छलफल गरिने जनाएका छन् ।

सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र रिसर्चरहरू समेत सहभागी हुनेछन् । सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुनेछन् । सम्मेलनको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । १६ गते महासंघले स्थापना दिवसमा उपत्यका बाहिर पश्चिमनवलपरासीमा प्रभातफेरि गर्ने कार्यक्रम छ ।

परासीमै महासंघको ८औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रमसमेत राखिएको महासंघका महासचिव रोशन पुरीले बताएका छन् । सम्मेलनको तयारीको सबै काम सकिएको महासंघ लुम्बिनी प्रदेश अध्यक्ष्य बसन्त गिरीले बताउँदै लुम्बिनीको सन्देश देशभरका पत्रकारलाई दिनेगरी तयारी गरिएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर