झिनो अंकले बढ्यो नेप्से – Nepal Press

झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । साताको चौथो दिन नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा कायम भएको छ ।

अघिल्लो दिन मंगलबार १२.४१ अंकले बढेको नप्सेमा आज २५ लाख ३९ हजार ४८ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा सुपर माई हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी कारोबार रकमका आधारमा आज एनआईसी एसिया बैंकले ३ करोड ५६ लाख ९५ हजार ८६६ रुपैयाँको कारोबारका साथ शीर्ष स्थान कायम गरेको छ ।

उपसमूहतर्फ रहने १३ वटा समूहमा ५ समूहको शेयर मूल्य बढेको छ भने बाँकी ८ को शेयर मूल्य घटेको छ ।

बुधबार बजार पूँजीकरण २७ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर