मिटरब्याजपीडितसँग सरकारी टोलीले भोलि बिहान वार्ता गर्ने – Nepal Press

मिटरब्याजपीडितसँग सरकारी टोलीले भोलि बिहान वार्ता गर्ने

काठमाडौं । मिटरव्याजपीडितको माग सम्बोधनका लागि गठित सरकारी समितिले बिहीबार बिहान छलफल गर्ने भएको छ । गृहमन्त्रालयकी सहसचिव एवम नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख रुद्रादेवी शर्माको नेतृत्वमा गठित समितिले बिहीबार बिहान १० बजे गृहमन्त्रालयमा छलफल गर्न लागेको हो ।

समितिले बुधबार नै छलफल गर्ने तयारी गरे पनि पीडितको आग्रहमा भोलि बिहान १० बजेका छलफलमा बोलाइएको सहसचिव शर्माले नेपाल प्रेसलाई जानकारी दिइन् । उनका अनुसार समितिका ५ सदस्य र पीडित पक्षको तर्फबाट पनि ५ जना जतिको सहभागितामा छलफल हुन लागेको हो ।

समिति सदस्यमा गृहकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा मंगलबार समिति बनाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *