न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2023/03/nyaik-sammelan-1.jpg)
काठमाडौं । न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको छ । बुधबारबाट काठमाडौंमा देशभरका स्थानीय तहका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु भएको हो ।
राष्ट्रिय सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले डिजटल एपको उद्घाटन गरी न्यायिक समितिको शुभारम्भ गरे । डिजिटल एपमार्फत न्याय सेवा, अनलाइनमार्फत सेवा दिने उद्देश्यले एप ल्याएको जनाइएको छ ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको स्थानीय तहको दर्तादेखि कार्यान्वयनको तहसम्म पुर्याउने, न्याय सम्पादनको कार्य निर्देशन स्पष्ट हुनुपर्ने, कार्यसम्पादनमा एक रुपमा आउने, चुस्तता, न्याय सेवामा निष्पक्क्षता हुने विश्वास समेत गरिएको छ । सम्मेलन भोलि समापन हुनेछ ।