उपप्रधानमन्त्रीसँग ‘मिटरव्याजपीडित’ बालिकाको सवालजवाफ- तिमीलाई सुरक्षाको ग्यारेन्टी हाम्रो भयो (भिडिओ) – Nepal Press

उपप्रधानमन्त्रीसँग ‘मिटरव्याजपीडित’ बालिकाको सवालजवाफ- तिमीलाई सुरक्षाको ग्यारेन्टी हाम्रो भयो (भिडिओ)

काठमाडौं । माइतीघरमा धर्ना बसेका मिटरव्याजपीडितलाई भेट्न आज उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठ पुगे । पीडितहरूको कुरा सुन्ने क्रममा एक सानी बालिकासँग मन्त्री श्रेष्ठको केहीबेर रोचक सवालजवाफ भयो ।

मिटरव्याजपीडित परिवारकी बालिका आफ्नो आमासँग काठमाडौं आएकी थिइन् । मन्त्रीका अगाडि आमा सुँक्कसुक्क गर्दै रोइरहँदा बालिकाले भने खरो भएर आफ्नो कुरा राखिन् । उनले अड्डा अदालतबाट आफूहरूले न्याय नपाएको बताइन् ।

बालिका र मन्त्रीका छोटो सवालजवाफ यस्तो थियोः

बालिका- सरकारले अड्डा अदालत किन बनाएको ?

मन्त्री श्रेष्ठ- न्याय दिनलाई जनताको सेवा गर्नलाई

बालिका- तर तिनीहरूले पनि आजकाल घुसै खान्छ

मन्त्री श्रेष्ठ घुस खानेलाई पनि कारबाही गर्ने हो

बालिका- न्याय दिएको भए हामी यहाँ किन आउनुपर्थ्यो ?

मन्त्री- उनीहरूले मात्रै त गर्न सक्दैन । हामी पनि छौं नि ।

बालिका- हामीलाई सुरक्षा त दिनुपर्‍यो नि । मलाई पनि धाक धम्कीहरू दिन्छ । तर, पनि केही कारबाही गर्दैनन् ।

मन्त्री- तिमीलाई सुरक्षाको ग्यारेन्टी हाम्रो भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर