नेविसंघ सभापति दुजाङ शेर्पाको नामबाट पत्र आतंक, किर्ते गर्नेलाई कारबाहीको दायरमा ल्याइने चेतावनी – Nepal Press

नेविसंघ सभापति दुजाङ शेर्पाको नामबाट पत्र आतंक, किर्ते गर्नेलाई कारबाहीको दायरमा ल्याइने चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघको लेटरप्याड र अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर दुरुपयोग भएको भन्दै नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बाँके, बर्दिया, रुपन्देही र कास्कीमा लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरी आतंक मच्चाइएको मुख्य सचिव विजय खड्काले बताए ।

खड्काले एक विज्ञप्ति जारी गर्दै बाँकेमा उपेन्द्र बहादुर विष्ट, बर्दियामा असीम विक्रम शाह, रुपन्देहीमा सन्दीप पाण्डे र कास्कीमा नसिब गुरुङ आधिकारिक नेविसंघ जिल्ला अध्यक्ष भएको बताएका छन् ।

अन्य जसको नाममा पत्र बनाएर सार्वजनिक गरिएपनि तीन पत्र आधिकारिक नभएको उनले बताए ।

फोटोसपमार्फत हस्ताक्षर दुरुपयोग भएको बारे छानबिन गरेर कारबाही गरिने पनि उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर