रौतहटमा आगलागी : जलेर ११ वर्षीया बालिकाको मृत्यु, लाखौँको क्षति – Nepal Press

रौतहटमा आगलागी : जलेर ११ वर्षीया बालिकाको मृत्यु, लाखौँको क्षति

जनकपुरधाम । रौतहटको ईशनाथ नगरपालिका ६ मा आगलागी हुँदा सुतेकै अवस्थामा जलेर एक बालिकाको मृत्यु भएको छ ।

मंगलवार राति करिब १० बजे मोजिबुल रहमानको घरमा आगो लागेको थियो । उनकी ११ वर्षीया छोरी रजिया खातुन घरमा सुतेकी थिइन् । सुतेको कारण आगो लागेको थाहा पाएर भाग्न नसकेपछि उनको जलेर मृत्यु भएको छ ।

सुतेकै अवस्थामा जलेको शरीर उनको घरमा भेटिएको रौतहट प्रहरीले जनाएको छ । आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीमा ११ वर्षीया बालिकाको मृत्यु भएकोमा संघीय सांसद किरण साहले दुःख व्यक्त गरेका छन् । उनले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन स्थानीय निकाय र जिल्ला प्रशासन कार्यलयसँग माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर