राहुल गान्धीलाई अभिनेता प्रकाश राजको ढाडस- क्रूर शासकबाट देश जोगाउन चाहने सबै घर तिम्रा हुन् – Nepal Press

राहुल गान्धीलाई अभिनेता प्रकाश राजको ढाडस- क्रूर शासकबाट देश जोगाउन चाहने सबै घर तिम्रा हुन्

काठमाडौं । बलिउडका चर्चित अभिनेता प्रकाश राजले भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीप्रति सहानुभूति जनाउँदै दिएको अभिव्यक्तिले पुनः चर्चामा आएका छन् ।

दक्षिण भारतीय फिल्महरूबाट स्थापित भएका अभिनेता प्रकाश राजले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारप्रति लक्षित गर्दै हरेक घर जसले निरङ्कुश र क्रूर शासकबाट भारतलाई बचाउन चाहन्छन् ती सबै घर ‘तिम्रा हुन्’ भन्दै ट्विट गरेका छन् ।

गान्धीले भारतीय लोकसभाका उप सेक्रेटरीलाई आफूले सांसद भएबापत पाएको सरकारी आवास छाड्ने जानकारी गराएको पत्रसहित प्रकाश राजले उनलाई हरेक भारतीय घरमा स्वागत रहेको बताएका छन् ।

सांसद पद गुमेसँगै उनलाई सरकारले सरकारी आवास छाड्न ताकेता गरेको थियो । गान्धीलाई ४ वर्ष पहिलेको एउटा अभिव्यक्तिलाई लिएर भारतीय अदालतले २ वर्ष जेल सजाय तोकेको थियो भने उनलाई ६ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *