एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा, देव खनालको कमब्याक – Nepal Press

एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा, देव खनालको कमब्याक

काठमाडौं । नेपाल क्रिकेट संघले घरेलु मैदानमा हुने एसीसी प्रिमियर कपका लागि २१ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । घोषित टिममा यु–१९ टिमका कप्तान देव खनालले कमब्याक गरेका छन् ।

हालै भएको अन्डर १९ विश्वकपको एसिया छनोट छनोट प्रतियोगितामा नेपाली टिमको कप्तानी गरेका देवले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले अन्तिम टोलीमा पनि स्थान बनाउने आशा गरिएको छ । घोषित टिममा अरू ठूलो परिवर्तन गरिएको छैन ।

१० राष्ट्र सम्मिलित एसीसी प्रिमियर कप आउँदो अप्रिल १८ देखि मे १ सम्म नेपालमा हुँदै छ । यस प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा कुवेत, सिंगापुर बहराइन, यूएई र हङकङ छन् । विजेता टोली एसिया कपका लागि छनोट हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *