सत्ता गठबन्धनको बैठक बस्दै – Nepal Press

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे दलहरू छलफलमा जुट्न लागेका हुन् ।

सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रम र मन्त्रिमण्डल बिस्तारका बारेमा बैठकमा सहमति जुटाउने प्रयास हुनेछ ।

यसअघि मङ्गलवार साँझ बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम दलहरूलाई आन्तरिक अध्ययन र सुझावका लागि वितरण गरिएको थियो ।

हिजोको बैठकमा मन्त्रालय बाँडफाँटमा पनि छलफल भएको थियो । तर कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि सहमति जुट्न सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर