‘इतिहासमा पहिलो पटक नेपालसँग बराबरी गर्दा शिर उँचो पारेर फर्किनेछौं’ – Nepal Press

‘इतिहासमा पहिलो पटक नेपालसँग बराबरी गर्दा शिर उँचो पारेर फर्किनेछौं’

काठमाडौं । भुटानका मुख्य प्रशिक्षक पेमा पेमाले इतिहासमा पहिलो पटक नेपालसँग बराबरीको नतिजा निकालेसँगै शिर उँचो पारेर घर फर्किने बताए ।

‘जिति सकेका थियौं । अन्तिम समयमा गोल खाँदा नराम्रो लाग्यो । नेपाललाई हराएको भए फाइनल पुग्थ्यौं । त्यही पनि इतिहासमा पहिलो पटक नेपाललाई बराबरीमा रोकेकोमा खुसी छौं । शिर उँचो पारेर घर फर्किनेछौं’, पेमाले पोस्ट म्याच कन्फरेन्समा भने ।

यस्तै, पेमाले नेपाली टिममा नयाँ प्रशिक्षक र आधा भन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भएकाले प्रदर्शन पहिला जस्तो उत्कृषट नभएको वाि बताए ।

यसअघि, भुटानसँग खेलेका १२ खेलमा नेपालले शत प्रतिशत जित निकालेको थियो । भुटानविरूद्ध अपराजित रहेको नेपमलले पहिलो पटक भुटानसँग बराबरी खेलेको हो ।

प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानले निर्धारित समयसम्म नेपालविरूद्ध १-० गेलको अग्रता बनाएको थियो । इन्जुरि समयमा समहालिन नसक्दा नेपालका दीपकराज सिंह ठकुरीले गोल गर्दै नेपाललाई हारबाट जोगाएका थिए ।

भुटानसँगको संघर्षपूर्ण बराबरीसँगै नेपालले फाईनलमा चैत्र १७ गते लाओसको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *