गाउँपालिका महासंघ कोशी- सचिव र सहसचिव एमाले र कोषाध्यक्ष माओवादीका सर्वसम्मत, कांग्रेसलाई अध्यक्ष छान्नै सकस – Nepal Press

गाउँपालिका महासंघ कोशी- सचिव र सहसचिव एमाले र कोषाध्यक्ष माओवादीका सर्वसम्मत, कांग्रेसलाई अध्यक्ष छान्नै सकस

विराटनगर । गाउँपालिका महासंघ कोशीमा नेतृत्व टुङ्गो लगाउन नेपाली कांग्रेसलाई सकस परेको छ । सहमतिमा महासंघको नेतृत्व छान्नु पर्ने भएपछि दलहरूका बीचमा भागवण्डा भएको थियो ।

दलहरूबीचमा भागवण्डा मिले पनि कांग्रेसले भने महासंघमा जानेको नाम दिन नसक्दा नेतृत्व चयन मै समस्या भएको हो । गाउँपालिका महासंघ कोशीमा कांग्रेसले अध्यक्ष उपाध्यक्षसहित १० जना सदस्य आफ्नो भागमा पाएको छ ।

आफ्नो भागमा परेका १० जनामा कसलाई पठाउने भन्ने विवाद कांग्रेस भित्र रहेको छ । एमालेले सचिव र सह सचिव पाएकोमा उसले महासंघमा जाने पदाधिकारी र सदस्यको टुङ्गो लगाएको छ । गाउँपालिका महासंघ कोसीको सचिवमा सन्तवीर लिम्बु निर्वाचित भएका छन् । उनी छथर गाउँपालिकाका तेह्रथुमका अध्यक्ष हुन् । यस्तै, सह सचिवमा अस्मिता थापा निर्वाचित भएकी छन् । उनी लिखु गाउँपालिकाका उपाध्यक्ष हुन् ।

कोषाध्यक्षमा भने माओवादीका दिनेश पौडेल निर्वाचित भएका छन् । उनी मिक्लाजुंग गाउँपालिका मोरङका उपाध्यक्ष हुन् । माओवादीले कोषाध्यक्ष सहित ३ जना सदस्य आफ्नो भागमा पाएको थियो ।

एमालेले आफ्नो भागमा पारेका सदस्यको समेत टुङ्गो लगाएर पठाएको छ । एमालेबाट गाउँपालिका महासङ्घमा सदस्य हुनेहरूमा सहिद भूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, दिप्रुंग चुइँ चम्पाका अध्यक्ष लोकेस राई। कमल गाउँपालिकाका उपाध्यइा प्रमीला न्यौपाने, गडी गाउँपालिका सुनसरीका अध्यक्ष आसनारायण चौधरी र रोङ गाउँपालिका इलामका उपाध्यक्ष विष्णुमाया खवास रहेका छन् ।

गाउँपालिका महासङ्घ कोसीको सदस्यमा माओवादीबाट मिक्लाजुंग गाउँपालिका पाँचथरका अध्यक्ष अमरराज माखिम र छथर जोरपाटी धनकुटाकी गीता खेवा सदस्यमा निर्वाचित भएकी छन् ।

यस्तै, एकीकृत समाजवादीको भागमा परेको एक सदस्य पनि टुङ्गो लागेको छ । समाजवादीले गाउँपालिका महासङ्घ कोसीमा सभा पोखरी गाउँपालिका सङ्खुवासभाकी लक्ष्मी चौलागाईलाई सदस्यको रूपमा पठाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर