मधेसमा मन्त्रालयहरुको नाम हेरफेर र समायोजन – Nepal Press

मधेसमा मन्त्रालयहरुको नाम हेरफेर र समायोजन

जनकपुरधाम । मधेस प्रदेश सरकारले मन्त्रालयहरुको नाम हेरफेर तथा समायोजन गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्य विभाजन नियमावली २०७९ को अनुसूचीमा हेरफेर गर्दै मन्त्रालयहरुको नाम समायोजन गरेको हो ।

सरकारले पहिले नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ मन्त्रालय तोकेको थियो । उक्त संख्या यथावत राख्दै मन्त्रालयहरुको नाम हेरफेर तथा समायोजन गरिएको छ ‌।

मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय कायम राखिएको छ ।

उद्योग, पर्यटन तथा वन मन्त्रालयको नाम परिवर्तन गरी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय राखिएको छ ।

खानेपानी तथा उःर्जा विकास मन्त्रालयको नाम परिवर्तन गरी ऊर्जा, सि‌चाइ तथा खानेपानी मन्त्रालय बनाइएको छ ।

गृह तथा सञ्चारमा कानून थपेर गृह, सञ्चार तथा कानून मन्त्रालय बनाइएको छ । उद्योगलाई हटाएर वन तथा वातावरण मन्त्रालय कायम गरिएको छ ।

त्यस्तै सामाजिक विकास मन्त्रालयबाट शिक्षा तथा समाज कल्याण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ ।

अब महिला, बालवालिका तथा खेलकूद मन्त्रालय रहने छैन । उक्त मन्त्रालयको सट्टा श्रम तथा यातायात मन्त्रालय बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *