नेपालविरुद्ध पहिलो हाफमा भुटान १-० ले अघि – Nepal Press

नेपालविरुद्ध पहिलो हाफमा भुटान १-० ले अघि

काठमाडौं । तेन्जिन नोर्बुको गोलमा भुटानले प्रधानमन्त्री थ्रि नेसन्स कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल विरुद्ध पहिलो हाफमा १-० गोलको अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारि खेलको १९औं मिनेटमा तेन्जिङले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । दावा छिरिङको कर्नरमा ६ यार्ड बक्स नजिकै रहेका तेन्जिङले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

त्यसअघि, भुटानका कप्तान चेन्चो ग्याल्जेनले ११औं मिनेटमा पेनाल्टी एरिया भित्र बल नियन्त्रणमा लिएर ६ यार्ड बक्स भित्र कट् इन गर्दा अनन्त तामाङले बल खोसेर क्लियर गरेका थिए ।

भुटानका निमा वाङ्दीले ३१औं मिनेटमा बाँयातर्फबाट गरेको प्रहार विकाश खवासलाई लागेर गोल्लाइन नजिकै पुगेको बल किरण चेम्जोङले बचाएका थिए ।

अनन्त तामाङले ३५औंं मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहार क्रसबार माथिबार बाहिरिएको थियो ।

पहिलो खेलमा लाओसलाई २–० गोलको नतिजामा पराजित गरेको नेपालले भुटानसँग बराबरी गरे मात्रै पनि फाइनल पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *