प्रधानन्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्षभन्दा तल राख्नु संविधान विपरीत : शेखर कोइराला – Nepal Press

प्रधानन्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्षभन्दा तल राख्नु संविधान विपरीत : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मर्यादाक्रममा प्रधानन्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राख्ने प्रस्ताव गरिएको विधेयक संविधान विपरीत भएको बताएका छन् ।

संविधानको धारा २८४ ले प्रधानन्यायधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा माथि मर्यादाक्रममा राखेको उनको भनाइ छ ।

उनले फेशबुकमा लेखेका छन्, ‘अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि प्रधान न्यायाधीशको मर्यादाक्रम यही अनुरुप छ। स्मरण रहोस् संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायलयलाई संसदिय समिति अन्तर्गत राख्ने प्रस्ताव राखेको थियो ।’

उनले नेपाली कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत जान हुँदैन भन्दै न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको उल्लेख गर्दै त्यही अनुरुप भएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर