टीममा एक परिवर्तन गर्दै नेपालको सुरूवाती ११ सार्वजनिक, अन्जन समेटिए – Nepal Press

टीममा एक परिवर्तन गर्दै नेपालको सुरूवाती ११ सार्वजनिक, अन्जन समेटिए

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत भुटानविरुद्ध अञ्जन विष्ट टीममा फर्किएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ६ बजे सुरु हुने खेलका लागि सार्वजनिक भएको सुरूआती ११ मा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अञ्जनलाई मौका दिएका हुन् ।

अञ्जनले लाओसविरुद्ध पहिलो रोजाईमा परेका भरत खवासको स्थान लिएका छन्। सहिद स्मारक ए डिभिजन लिगका दौरान अनुहारमा चोट लागेपछि अञ्जनले पछिल्लो खेल गुमाएका थिए ।

पहिलो खेलमा नेपालले लाओसलाई २-० ले पराजित गरेको थियो । नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरेका थिए ।

नेपालको सुरूआती ११ः किरण चेम्जोङ (कप्तान), विकाश खवास, अनन्त तामाङ, नविन लामा, एरिक विष्ट, अञ्जन विष्ट, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, सनिश श्रेष्ठ, रोहित चन्द ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर