जसपाले भन्यो- पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा होइन – Nepal Press

जसपाले भन्यो- पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा होइन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा नभएको बताएको छ ।

जसपाका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्छ भन्ने माग र आन्दोलनलाई यथोचित गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा हुदै होइन । उत्पपीडित राष्ट्रियताप्रति राज्य यति नकारात्मक र सशंकित हुनुपर्ने कुनै कारण पनि छैन । सबै र राजनीतिक अधिकार स्थापित हुने कुराले राष्ट्रियता अझ बलियो हुन्छ । आन्दोलनलाई वेवास्ता गर्नु लोकतन्त्रप्रतिको वेवास्ता हो ।’

करिब एक महिनादेखि प्रदेश नं १ मा जारी रहेको पहिचान र अधिकारको सरकारले गम्भीरतापूर्वक नलिनुले सरकारमाथि प्रश्न उठेको ठहर गरेको छ ।

‘पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भन्ने जनताको मागप्रति यस अघिका सरकार पनि असहिष्णु देखियो । पहिचान र अधिकारको आन्दोलनलाई दमन गर्न सरकार । यस घटनाले जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रियताप्रतिको सरकारको दृष्टिकोण आज आएर उदाङ्गिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

पहिचान प्राप्तिको आन्दोलनमा होमिनु भएका पदम लिम्बु (लाजेहाङ) को प्रहरीको बर्बर गम्भीर घाइते भई दुखद् निधन भएकोप्रति दु:ख व्यक्त गरेको छ ।

प्रेश विज्ञप्ति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर