विश्व स्वास्थ्य दिवसमा उपचार गराउँदा नर्भिकमा भारी छुट – Nepal Press

विश्व स्वास्थ्य दिवसमा उपचार गराउँदा नर्भिकमा भारी छुट

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ ।

चैत २५ गते शनिबार नर्भिकले विशेष छुटसहितको वृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताएका छन् ।

कार्यक्रममा सहभागी हुनेलाई निःशुल्क यूरिन डिपस्टिक टेस्टको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ । साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत भारी छुटको स्किम समेत सार्वजनिक समेत गरेको छ ।

यसैगरी, कार्यक्रममा प्रोस्टेट स्पेशिफिक एन्टीजेन(पीएसए)को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ । कार्यक्रम शनिवार बिहान ८ बजेदेखि जनचेतनामूलक कार्यक्रम नर्सिङ ट्रेनिङ हलमा आयोजना हुने बताइएको छ ।

कार्यक्रममा वरिष्ठ यूरोलोजीस्ट डा. सुनिल श्रेष्ठ र यूरोलोजिष्ट डा. सञ्जिवभक्त बिष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँच हुने बताइएको छ ।

प्रोस्टेट ग्रन्थीका बिरामीले वल्र्ड हेल्थ डेको अवसर पारेर सार्वजनिक हेल्थ प्याकेज तथा जाँचमा छुटको सुविधा लिन तथा निःशुल्क जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनलाइनबाट नाम दर्ता गर्नुपर्ने ह । यो लिंक हस्पिटलले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर