कोशी नामकरणविरोधी आन्दोलनको क्रममा झडप हुँदा १४ जना घाइते – Nepal Press

कोशी नामकरणविरोधी आन्दोलनको क्रममा झडप हुँदा १४ जना घाइते

विराटनगर । कोशी प्रदेशका सांसदहरू सहभागी कार्यक्रमस्थल घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ जना घाइते भएका छन् । जसमा ८ जना आन्दोलनकारी र ६ जना प्रहरी छन् ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रिया भइरहेको बेला कोशी नाम खारेजीको माग गर्दै आन्दोलनकारी कार्यक्रमस्थल बिग होटल घेर्न इटहरी, धरानलगायत ठाउँबाट बस चढेर विराटनगर आएका थिए । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसाग झडप भएको हो ।

झडपमा मोरङ ग्रामथानका सुरज राई, धरान १२ का अशोक राई, धरानका २२ वर्षीय उदय लिम्बू, इटहरी ५ का पदम केरुङ, धरान १६ का शिव आङदेम्बे, धरानकै ज्ञानप्रकाश राई, धरान ५ का एके दर्नाल धरान ५ का विशाल राई घाइते भएको कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ । उनीहरूको पारस अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र तीन दर्जन अश्रुग्याँस प्रहार गरेको मोरङका एसपी दीपक पोखरेलले बताए । आन्दोलन शान्त पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । केही समयअघि तनावग्रस्त बनेको विराटनगरको रोडशेष चौक क्षेत्र अहिले शान्त भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर