मकवानपुरमा कुटपिटका क्रममा कान टोकेर छिनालिदिए, प्रहरीले लिन मानेन उजुरी – Nepal Press

मकवानपुरमा कुटपिटका क्रममा कान टोकेर छिनालिदिए, प्रहरीले लिन मानेन उजुरी

हेटौंडा । मकवानपुरमा एक युवकमाथि निर्घात कुटपिट पश्चात कान टोकेर छिनालिएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ६ का टेकप्रसाद न्यौपानेमाथि स्थानीय दुईजना व्यक्तिले निर्घत कुटपिट गरि कान टोकेर छिनालिदिएका छन् ।

वडा नंबर ६ अजिङ्गरेमा आफ्नै खेतबारीमा काम गरिरहेका ४९ वर्षीय न्यौपानेमाथि स्थानीय ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेका हुन् । कुटपिट पश्चात उनिहरुले टोकेर काननै छिनालिदिएका हुन् ।

न्यौपानेमाथि चौलागाईद्वयले कुटपिट गर्नुको साथै बायाँ कान टोकी आधा काननै छिनाएको न्यौपानेकी श्रीमती संगिता लोहनी न्यौपानेले जानकारी दिएकी छन् ।

संगिताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईद्वयलाई पक्राउ गरेर अनुसन्धान गर्न जाहेरी दिन खोजेपनि प्रहरीले जाहेरी लिन नमानेको पीडित पक्षले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरले ऐलानी जग्गाको विषयमा उनीहरुबीच झगणा भएको जनाएको छ । कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले सोमबारनै दुबै पक्षलाई राखेर ऐलानी जग्गाको विषयमा गाउँपालिकासँग समन्वय गर्न अनुरोध गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर