राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय समिति पुनर्गठन, अध्यक्षमा गोपालनारायण – Nepal Press

राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय समिति पुनर्गठन, अध्यक्षमा गोपालनारायण

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष निमप्रकाश राठौर उपसचिवमा बढुवा भएपछि समिति पुनर्गठन गरिएको हो ।

संगठनका केन्द्रीय सचिव श्रीहरि श्रेष्ठको प्रमुख आतिथ्यमा भक्तपुरको सानोठिमीमा भएको विशेष सम्मेलनले गोपालनारायण श्रेष्ठको अध्यक्षतामा नयाँ शिक्षा विभागीय कार्यसमिति चयन गरेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा कार्यरत अधिकृत श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

कार्यसमितिका उपाध्यक्षहरुमा प्रकाश खरेल र अवार लामा रहेका छन् । सचिवमा तारा पाण्डे, सहसचिवमा सरस्वती गुरागाईं र कोषाध्यक्षमा खिलनारायण श्रेष्ठ रहेका छन् ।

सम्मेलनले निवर्तमान उपाध्यक्ष खिलानाथ धमला र उषा लामिछाने लाई केन्द्रीय प्रतिनिधि चयन गरेको अध्यक्ष श्रेष्ठले बताए । कार्यसमितिका सदस्यहरुमा रेणुका अधिकारी, शुष्मा ओली, सरस्वती भट्टराई, लक्ष्मी भण्डारी, राधा ओली, शोभा गाहमगर, बालकृष्ण सिंखडा, जीवन नेपाल, साधुराम पौडेल, ओम बिक, युद्धबहादुर सुवेदी, युवराज अधिकारी, राजन थापा र मीना थापा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पेशागत हकहित र ट्रेड युनियन अधिकारको लागि मात्र नभई देशको शैक्षिक विकासका लागि समेत कार्यसमितिले रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

विशेष सम्मेलन उद्घाटन गर्दै संगठनका केन्द्रीय सचिव श्रीहरि श्रेष्ठले संघीय शिक्षा ऐन र संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न सरकारलाई घच्घच्याइरहेको जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर