शाओमीले सार्वजनिक गर्‍याे शाओमी १३ लाइट, कति पर्छ मूल्य ? – Nepal Press

शाओमीले सार्वजनिक गर्‍याे शाओमी १३ लाइट, कति पर्छ मूल्य ?

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ ।

उत्कृष्ट तस्बिरको लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागशिप क्यामेरा प्रणाली सहितको फ्ल्यागशिप स्मार्टफोन, स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेले रहेको छ ।

फ्ल्यागशिप इमेजिब प्रणाली र स्मार्ट डुअल फ्रन्ट क्यामेराको साथ मास्टरपिस पोर्ट्रेट, ५० एपी ट्रिपल क्यामेरा सेटअप, मुख्य क्यामेरा रहेको आइएमएक्स७६६ सेन्सर जडान, इमेजिब इन्जिनद्वारा सञ्चालित लाइटको बलियो कम्प्युटेशनल फोटोग्राफीका साथ उपलब्ध रहेको छ ।

त्यस्तै, ट्र्याकिब फोकस र मोशन क्याप्चरको साथ चलिरहेको विषयहरूमा स्वचालित रूपमा फोकस गर्न सक्षम छ । त्यसैगरी डुअल फ्रन्ट क्यामेरा सेट, फ्रन्ट क्यामेराले क्रिस्टल–क्लियर सेल्फीहरू प्रदान गर्ने जनाइएको छ ।

फ्रन्ट क्यामेराले सेल्फ–पोर्ट्रेटहरूमा प्राकृतिक रूपहरूका लागि थप डिटेल प्रदान गर्न देप्थ सेन्सरको रूपमा काम गर्दछ । डायनामिक फ्रेमिब, जसले फ्रेममा भएका व्यक्तिको संख्यालाई पत्ता लगाई, दृश्यको क्षेत्रलाई स्वतः समायोजन गर्दछ र उपयुक्त रूपमा जुम इन वा जुम आउट गर्दछ ।

फ्ल्यागशिप चिपसेट र टर्बो चार्जिब प्रविधिद्वारा समर्थित, यसमा मोबाइल प्लेटफर्म, २० प्रतिशत सुधारिएको जिपियु कार्यसम्पादन र कार्यसम्पादनमा ३० प्रतिशत वृद्धि भएको सबैभन्दा बलियो प्रोसेसरसँग बजारमा ल्याएको कम्पनीको भनाइ छ ।

नेपालमा यसको शुवाती मुल्य ५४ हजार ९ सय ९९ रुपैयाँ र ५७ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर