मिटरब्याज पीडितहरूको आन्दोलनमा रविको ऐक्यबद्धता, समाधानका लागि पहल गर्ने प्रतिबद्धता (भिडिओ) – Nepal Press

मिटरब्याज पीडितहरूको आन्दोलनमा रविको ऐक्यबद्धता, समाधानका लागि पहल गर्ने प्रतिबद्धता (भिडिओ)

काठमाडौं । महाेत्तरीकाे बर्दिबास लगायतका ठाउँबाट न्याय माग्दै राजधानी पुगेका मिटरब्याज पीडितहरूलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऐक्यबद्धता जनाएका छन् ।

प्रधानमन्त्री निवास नजिक बालुवाटारमा धर्नामा रहेका पीडितहरूलाई भेटेर रविले आफू पीडितहरुको पक्षमा रहेको बताएका हुन् ।

उनले भने, ‘पीडितहरूको पक्षमा म छु । संसदमा, सडकमा तपाईँहरूलाई जहाँ जहाँ आवश्यकता पर्छ त्यहाँ म छु, पार्टी छ । तपाईँहरू वास्तविक पीडित हो, त्यो पीडा सम्बोधन गर्न हामी छौँ । हामी कुनै राजनीतिक लाभ लिन होइन तपाईँहरूका लागि आएका हौँ ।

आफू गृह मन्त्रालयमा हुँदा मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न काम सुरु गरे पनि अहिले के प्रगति भइरहेको छ भन्नेबारे आफू अनविज्ञ रहेको उनले बताए ।

दलहरूले जहिले पनि गरिब र किसानका मुद्दा प्राथमिकतामा नराख्दा समस्या समाधान हुनुको साटो बल्झिरहेको उनले बताए ।

आजै आफूले अर्को कामको सिलसिलामा प्रधानमन्त्रीसँग भेट गर्ने तयारी गरेको उल्लेख गर्दै उनले आफ्नो भन्दा पनि तपाईँहरूको कुरा पहिले राख्छु भन्दै उनले ढाडस दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *