सिरहामा कुस्ती सुरु (तस्बिरहरु) – Nepal Press

सिरहामा कुस्ती सुरु (तस्बिरहरु)

जनकपुरधाम । सिरहाको बरियारपट्टी गाउँपालिका ३ स्थित विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) सुरु भएको छ ।

नेपाल र भारतका दर्जनौं पहलवान आएका छन् । लोपोन्मुख कुस्ती खेललाई रोमाञ्चक मानिन्छ । कुस्ती जहां आयोजना हुन्छ स त्यहाँ ठूलो भिड जम्मा हुन्छ ।

आज महायक्षमा सुरु भएको कुस्ती हेर्न गाउँ-गाउँबाट मानिसहरु आएका थिए । आपसमा लड्ने पहवान हारेका÷जितेका बेला दर्शकहरु हाती पिट्दै उफ्रिन लाग्दा प्रहरीलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।

महायज्ञमा कुस्ती मुख्य आकर्षण बनेको छ । यसबाहेक भारतको वृन्दावनका राशलीला हेर्न र प्रवचन सुन्न समेत मानिसहरुको भीड लाग्छन् ।

क्याम्पस निर्माण गर्न महायज्ञ

क्याम्पस स्थापना गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको छ । क्याम्पस स्थापना तथा महायज्ञका लागि अहिलेसम्म एक करोडभन्दा बढी रुपैया संकलन भइसकोको छ ।

क्याम्पसको लागि महायज्ञ समितिले ४३ कट्ठा जग्गासमेत खरिद गरिसकेको छ । महायज्ञमा हुने खर्च काटेर रहने रकमले क्याम्पस स्थापना गरिने आयोजक समितिका अध्यक्ष बिरबल यादवले जानकारी दिए ।

सोमवार एक समारोहबीच महायज्ञको उद्घाटन तथा क्याम्पसको शिलान्यास संघीय सांसद राजकिशोर यादव, मधेसका कृषि राज्यमन्त्री संजय यादव, कांग्रेस प्रदेश सांसद जीवछी यादव, बरियारपट्टी गापा अध्यक्ष संतोष महतो संयुक्त रुपमा गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *