सुर्खेतमा पत्रकारहरुको निःशुल्क आँखा जाँच – Nepal Press

सुर्खेतमा पत्रकारहरुको निःशुल्क आँखा जाँच

सुर्खेत । नेपाल नेत्रज्योति संघको ४५औं र नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसर पारेर सुर्खेतमा क्रियाशील पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ ।

नेपाल नेत्रज्योति संघको सहकार्य, एकीकृत आँखा तथा कान कार्यक्रमको व्यवस्थापन र नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा सोमबार सुर्खेतमा क्रियाशील पत्रकारहरुको निःशुल्क आँखा जाँच शिविर गरिएको हो ।

शिविरमा करिब ६० जना पत्रकारको निःशुल्क आँखा जाँच तथा औषधि र चश्मा वितरण गरिएको छ ।

शिविर उद्घाटनमा पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले पत्रकारहरुको दृष्टि स्वास्थ्यमा देखिने समस्या समाधान गर्न आँखा जाँच आयोजना भएको बताए ।

एकीकृत आँखा तथा कान कार्यक्रमका कर्णाली प्रदेश संयोजक मानबहादुर कुँवरले अधिकांशको आँखामा सुख्खापनको समस्या देखिएको बताए ।

‘पत्रकारहरु चौबीसै घण्टा कम्प्युटर र मोबाइलमा समाचार लेख्न व्यस्त रहन्छन् । जसका कारण आँखामा विभिन्न समस्या निम्तिरहेको छ’, संयोजक कुँवरले भने, ‘आँखाको स्थितिबारे बुझ्ने र आवश्यक सुरक्षाको प्रवन्धका लागि आँखा जाँच तथा चश्मा वितरण कार्यक्रम आयोजना गरेका हौं ।’

पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पत्रकारहरु रिर्पोटिङमा हिँडिराख्नुपर्ने भएकाले स्वास्थ्यमा ख्याल गर्नुपर्छ भन्ने सन्देश दिन आँखा जाँच शिविर आयोजना गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर