बालेनले भनेः मिटरव्याज पीडितलाई शान्ति बाटिकामा आन्दोलन गर्ने प्रवन्ध मिलाएका छौं – Nepal Press

बालेनले भनेः मिटरव्याज पीडितलाई शान्ति बाटिकामा आन्दोलन गर्ने प्रवन्ध मिलाएका छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मिटरव्याज पीडितहरु सधै काठमाडौं आएर आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बसेको बताएका छन् ।

मेयर साहले विगत केही वर्षदेखि सरकारले मिटरब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सीमित रहेको भन्दै गुनासो गरे ।

मिटरव्याज पीडितहरु ११ दिन हिडेर काठमाडौं आएको जानकारी पाएपछि महानगरको मेयरको हैसियतले आफनो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत बताए ।

पीडितहरुलाई धर्मशालामा खाना र बासको व्यवस्थापन गरेपनि खुलामञ्चमै बस्न खोजेपछि रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको उनले बताए ।

उनले लेखेका छन्, ‘हिजो ११ दिन हिडेर काठमाडौं आउने समाचार हेरे पछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवत को नाताले काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरु सँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्यौ तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौं । ’

उनीहरु मागप्रति महानगरले एक्यवद्धता जनाउँदै सरकार समक्ष समस्या समाधानको लागि जोडदार माग गरे ।आफूहरुले यस्तो अवस्थामा काठमाडौं कोही आउन नपरोस, गाउँ गाउँमा सरकार पुगोस भन्ने चाहेको उनको भनाइ छ ।

पीडितहरुले खुलामञ्चमा बस्न पाउनुपर्ने भन्दै धर्ना दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *