मिसन ग्रासरुट डायरी- एमालेमाथि सत्ताको दमनविरुद्ध जनप्रतिरोधको तयारी – Nepal Press

मिसन ग्रासरुट डायरी- एमालेमाथि सत्ताको दमनविरुद्ध जनप्रतिरोधको तयारी

एमालेलाई सबै मिलेर पनि चुनावमा कमजोर बनाउन नसकेपछि सत्ताको दुरुपयोग गरेर दमनचक्र चलाउने षड्यन्त्र हुँदैछ

‘मिसन ग्रासरुट’ अभियान चलिरहेका बेला अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि टोलसम्मका कार्यकर्ताहरु फिल्डमा खटिरहनुभएको छ । पार्टीको यो अभियानले जनता र कार्यकर्ता अनि नेता-कार्यकर्ता र जनताबीचको सम्बन्धलाई एकपटक फेरि सुदृढ गर्नेछ ।

म आफैं आफ्नो कार्य क्षेत्रभित्रका विभिन्न भेला, बैठक, प्रशिक्षण र जनतामा आधारित कार्यक्रमहरुमा खटिइरहँदा देखेको र भोगेको कुरा के हो भने हामी जनताबाट अलग भएका छैनौं । मात्र जनताका गुनासा सुन्ने र जनताको दैनिक जीवनसँग गाँसिएका समस्या समाधान गर्ने सन्दर्भमा केही ग्याप भएको हुनसक्छ ।

यो एक वर्षको बीचमा नेपालमा विशेषगरी चार तहका निर्वाचन भए । स्थानीय तहको निर्वाचन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देखिएको साझा परिदृश्य भनेको नेकपा एमालेविरुद्ध देशमा भएका साना-ठूला सबै पार्टी एक ठाउँमा उभिए । एमाले लगभग एक्लै लड्यो ।

सबैखाले घेराबन्दी र गठबन्धनहरुबीच एमालेले स्थानीय तहमा प्रमुख पदमा दोस्रो भए पनि समग्र मतमा पहिलो बन्यो । गठबन्धनहरुका बीचमा एमालेले पाएको सीट र मतले एक्लाएक्लै लड्दा अरुभन्दा धेरै माथि र बहुमत प्राप्त गर्ने रहेछ । त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि एमाले एक्लै लड्यो ।

एकातर्फ सत्ताको चरम दुरुपयोग र धाँधली, अर्कोतर्फ सत्ता गठबन्धन र नयाँ भनिएका स्वतन्त्र पार्टी जस्ताहरुको घेराबन्दीमा थियो एमाले । त्यसका बाबजुद प्रत्यक्षतर्फ केही सीट पछि परेपनि समानुपातिकमा एमाले सबैभन्दा बढी मतका साथ पहिलो पार्टी बन्यो । टर्च बालेर एमालेलाई खोज्नुपर्छ भन्नेहरु नै टर्च बाल्नुपर्ने ठाउँमा पुगे ।

माओवादी र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सफलता भनेको कांग्रेसलाई एमालेभन्दा केही सीट बढी जिताउनेबाहेक अरु खासै कुनै उपलब्धि देखिएन । एमालेसँग मिल्दा ५३ सीट जितेको माओवादी कांग्रेससँग मिल्दा ३२ सीटमा खुम्चियो । एमालेबाट बाहिरिँदा २४ सीट बोकेर गएका माधव नेपाल १० सीटमा सीमित भएर थ्रेसहोल्ड कटाउन सकेनन् ।

माओवादी र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सफलता भनेको कांग्रेसलाई एमालेभन्दा केही सीट बढी जिताउनेबाहेक अरु खासै कुनै उपलब्धि देखिएन । एमालेसँग मिल्दा ५३ सीट जितेको माओवादी कांग्रेससँग मिल्दा ३२ सीटमा खुम्चियो । एमालेबाट बाहिरिँदा २४ सीट बोकेर गएका माधव नेपाल १० सीटमा सीमित भएर थ्रेसहोल्ड कटाउन सकेनन् ।

हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि एमाले सम्बद्ध अनेरास्ववियु एक्लै चुनावी मैदानमा थियो भने सत्ता गठबन्धनमा आबद्ध सबै संगठन एक ठाउँमा थिए । चुनाव भएका त्रिविका ४५ आंगिक क्याम्पसमध्ये २० सहित १३० भन्दा बढी कलेजमा चुनाव जितेर अनेरास्ववियु पहिलो बनेको छ र यसले एमाले सबै तप्काका जनताबीच पहिलो शक्ति हो भन्ने पुष्टि गरेको छ ।

एमाले जनमतको हिसाबले पहिलो शक्ति हो भन्नेमा कुनै विवाद छैन । एमालेसँग कांग्रेसले एक्लै चुनावी प्रतिस्पर्धा गर्न सक्दैन, यो पनि प्रस्ट भइसकेको छ । कांग्रेस आज यस्तो अवस्थामा पुगेको छ कि संसद र स्थानीय चुनावमात्र होइन विद्यालय व्यवस्थापन, खानेपानी र सामुदायिक वनको चुनावसमेत गठबन्धन नगरी लड्ने आँटै गर्दैन ।

जहाँ गठबन्धन भएन वा गठबन्धन गर्दा पनि नजित्ने अवस्था भयो ती ठूला क्याम्पसमा अहिले पनि कांग्रेसले चुनाव हुन दिएन । यसबाट पनि के प्रस्ट हुन्छ भने एमाले अब एउटा राजनीतिक पार्टीमात्र रहेन । एमाले विस्तारै राजनीतिक शक्ति बनेको छ र एमालेबाहेकका अरु सबै दल र घटकहरु अर्को राजनीतिक शक्ति हुन् । एमालेसँग एक्लाएक्लै चुनाव लड्ने र जित्ने सामर्थ्य अब कसैसँग रहेन ।

यो अवस्थामा एमालेजन अझ धेरै सचेत र गम्भीर हुनुपर्नेछ । एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढिरहेका बेला योविरुद्ध ठूल्ठूला षड्यन्त्र र दमनको खतरा उत्तिकै छ । एमालेलाई कमजोर नपारेसम्म नेपालमा राष्ट्रवादी र वामपन्थी शक्ति कमजोर नहुने भएकाले साम्राज्यवादी, विस्तारवादी र दलाल पुँजीवादी शक्तिले नयाँ ढंगबाट दमनका श्रृंखलाहरु चलाउन सक्छन् ।

एमाले जनमतको हिसाबले पहिलो शक्ति हो भन्नेमा कुनै विवाद छैन । एमालेसँग कांग्रेसले एक्लै चुनावी प्रतिस्पर्धा गर्न सक्दैन । यो पनि प्रस्ट भइसकेको छ । कांग्रेस आज यस्तो अवस्थामा पुगेको छ कि संसद र स्थानीय चुनावमात्र होइन विद्यालय व्यवस्थापन, खानेपानी र सामुदायिक वनको चुनावसमेत गठबन्धन नगरी लड्ने आँटै गर्दैन ।

तीनै तहका निर्वाचन हुँदै स्ववियु निर्वाचनसम्म आइपुग्दा नेकपा एमाले सबै तहका जनताबीच सर्वाधिक लोकप्रिय र राष्ट्रवादी पार्टी हो भन्ने स्थापित भइसकेको छ । नेपालमा सधैं नियन्त्रित अस्थिरता चाहने शक्तिहरु यहाँ बलियो राष्ट्रिय शक्ति स्थापित भएको देख्न चाहदैनन् ।

हिजो नेकपाभित्र विवाद सिर्जना गरेर विभाजनको तहमा पुर्‍याउन र केपी ओलीलाई हटाउन बाह्य शक्तिले प्रचण्ड-माधव नेपालहरुलाई के कस्ता आश्वासन दिएका थिए ? क्रमशः प्रकट भइरहेका छन् । प्रचण्ड-माधवले प्रधानमन्त्री र राष्ट्रपति भएरै वाम एकता गर्ने मौका किन छाडे ? अब भ्रम बाँकी रहेन ।

वामपन्थी एकताको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजोका तीतामीठा बिर्सेर कमरेड प्रचण्डलाई प्रधानमन्त्री बनाएकै हो । कमरेड माधव नेपाललाई राष्ट्रपति बनाएर भने पनि वाम गठबन्धन कायमै राखौं र पार्टी एकता गरौं भन्दा नमानेर कांग्रेसलाई राष्ट्रपति बनाउनुपर्ने बाध्यता प्रचण्ड-माधवलाई किन आइलाग्यो ? उहाँहरु साम्राज्यवाद र विस्तारवादको कम्फरटेबल गठबन्धनमा फर्किने अवस्था किन बन्यो ? आज देशभरका सबै एमालेजनले सोचौं ।

त्यसैले आजको दिनमा एमालेलाई घेराबन्दी गर्ने देशी-विदेशी षड्यन्त्रप्रति सचेत हुँदै हिजोका सबैखाले तीतामीठा बिर्सेर एमालेका सबै तहका नेता-कार्यकर्ताहरु अझ बढी एकताबद्ध बन्नुपर्ने अवस्था छ । एमालेका नेता-कार्यकर्ता, विद्यार्थी, युवा, किसान र सबै पेशा व्यवसायमा आवद्ध समर्थक कार्यकर्तामाथि राज्यसत्ताको दमनचक्र चल्ने खतरा छ ।

कांग्रेसले विगतमा पनि राज्यसत्ताको चरम दुरुपयोग गरेर कम्युनिष्टहरुमाथि दमन र झूटा मुद्दा लगाएको हो । माओवादी विद्रोहको आधार कांग्रेसको त्यही दमनले तयार पारेको थियो । अहिले पनि एमाले बलियो शक्तिका रुपमा अझ सशक्त बन्दै गएकाले विगतमा जस्तै दुःख दिने, झूटा मुद्दाहरु लगाउने र कार्यकर्ता तथा जनतालाई आतंकित बनाउने खतरा बढेको छ ।

हिजो नेकपाभित्र विवाद सिर्जना गरेर विभाजनको तहमा पुर्‍याउन र केपी ओलीलाई हटाउन बाह्य शक्तिले प्रचण्ड माधव नेपालहरुलाई के कस्ता आश्वासन दिएका थिए ? क्रमशः प्रकट भइरहेका छन् । प्रचण्ड-माधवले प्रधानमन्त्री र राष्ट्रपति भएरै वाम एकता गर्ने मौका किन छाडे ? अब भ्रम बाँकी रहेन ।

यस्ताखाले षड्यन्त्रप्रति सचेत बन्दै र जनतालाई पनि सचेत बनाउँदै सबै तहका जनताको व्यापक समर्थन लिएर दैनिक जनजीविका तथा सत्ताको दुरुपयोग, भ्रष्टाचार, अन्याय, अत्याचारविरुद्ध मिसन ग्रासरुटकै क्रममा आन्दोलनको तयारी गर्नुपर्छ ।

भ्रष्टाचारी र घुसखोरी अन्याय र अत्याचारविरुद्ध ग्रासरुट तहकै जनतालाई सचेत गराउँदै अब बलियो पार्टी र जनआधारित संगठनको बलमा अबका सबै चुनावमा पहिलोमात्र होइन बहुमत प्राप्त बलियो राष्ट्रिय शक्ति बनाउने महाअभियानमा टोलदेखि केन्द्रसम्मका नेता-कार्यकर्ता एक स्वर, एकै लयमा अघि बढ्नुको विकल्प छैन ।

बलियो राष्ट्रिय शक्ति बन्ने भनेको साम्राज्यवादी, विस्तारवादी र घरेलु प्रतिक्रियावादीहरुको घेराबन्दीकै बीचबाट हो । एमाले पंक्ति एकजुट भएर अघि बढ्ने हो भने कसैलै परास्त गर्न सक्दैन र त्यसपछि सानातिना वाम घटकहरु आफैं विघटन भएर एमालेमा समाहित हुनेछन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ एमालेको लक्ष्य पूरा हुनेछ । सबैखाले षड्यन्त्रविरुद्ध सचेत हुँदै सम्भावित दमनको प्रतिरोध गर्न मिसन ग्रासरुटले प्रशिक्षित गर्नेछ र भ्रष्टाचार, अन्याय, अत्याचार र सत्ताको दुरुपयोगविरुद्ध प्रतिरोध गर्ने शक्ति आर्जन हुनेछ ।

यो सत्ता गठबन्धनले मुलुकलाई भूराजनीतिक भूमरीमा पार्दैछ । इण्डो प्यासिफिक रणनीतिको एउटा अंग एमसीसी पारित गरेर सैन्य रणनीति एसपीपी समेत पारित गर्ने कागजमा सही गरेपछिमात्र एमालेविरुद्धको गठबन्धन बनेको चर्चाबीच अहिले हाम्रो उत्तरी सीमानाकाहरु अघोषित बन्द छन् । चीनलाई चिढ्याउनेगरी सरकारकै तर्फबाट निरन्तर हाम्रो परराष्ट्र नीतिविपरितका कामहरु भइरहेका थिए ।

इण्डो-अमेरिकन ढोक्सामा यो गठबन्धन छ । यसले गर्दा उत्तरका सीमानाकाबाट हुने हाम्रो व्यापारलाई नराम्रो असरमात्र पारेको छैन,व्यापारीहरू विस्थापित हुँदैछन् भने हरेक उपभोग्य वस्तुको मूल्य पनि बढेको छ । यस अर्थमा यो सरकार र सत्ता गठबन्धन राष्ट्रघाती साबित हुँदैछ । साम्राज्यवादी र विस्तारवादी शक्तिहरुलाई रिझाउन उसले चीनलाई चिढ्याउने र असंलग्न परराष्ट्र नीतिको धज्जी उडाउने काम गरिरहेको छ र यसको एमालेले डेटर विरोध गर्छ ।

(सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका पूर्वमेयर शेर्पा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *