बाबुछोरा सँगै बसेर मदिरा पिए, विवादमा छोराले बुवाको हत्या गरे – Nepal Press

बाबुछोरा सँगै बसेर मदिरा पिए, विवादमा छोराले बुवाको हत्या गरे

रुपन्देही । कपिलवस्तुमा बाबुछोरा सँगै बसेर मदिरा पिएपछि विवादमा छोराले बुवाको हत्या गरेका छन् । आफ्नै बुवालाई हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

जिल्लाको बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसी यसरी पक्राउ परेका हुन् । जीवनले आफ्नै बाबु ५५ वर्षीय नारायण केसीलाई चिर्पट प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ।

शनिबार बेलुका बाबुछोरा सँगै बसेर मदिरापान गर्दा दुई जनाबीच बिवाद भएको थियो। विवादका क्रममा जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको कपिलवस्तु प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक सैलेश्वरी बोहोराले बताइन्। जीवनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बोहोराले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *