एमालेको कान्छो जनसंगठन रिटर्नी फेडरेशनको अध्यक्षमा अधिकारी, यस्तो बन्यो केन्द्रीय कमिटी (सूचीसहित) – Nepal Press

एमालेको कान्छो जनसंगठन रिटर्नी फेडरेशनको अध्यक्षमा अधिकारी, यस्तो बन्यो केन्द्रीय कमिटी (सूचीसहित)

काठमाडौं । नेकपा एमालेनिकट सबैभन्दा कान्छो जनसंगठन रिटर्नी फेडरेशन नेपालको अध्यक्षमा उत्तम अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार र आइतबार काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

केन्द्रीय कमिटीको ६ जना उपाध्यक्षमा क्रमशः विनोद भट्टराई, शालिकराम बसेल, रामकृष्ण घिमिरे, हिरादेवी खराल, काजीबहादुर थापा मगर र अर्चना बस्नेत चयन भएका छन् भने महासचिवमा जयप्रसाद सापकोटा निर्विरोध भएका छन् ।

त्यस्तै उपमहासचिवमा जीवन अर्याल र भरत शिवाकोटी चयन भएका छन् भने सचिवमा क्रमश नवराज श्रेष्ठ, खेम कार्की, कृष्णप्रसाद घोरसाइनी, बुद्धिप्रसाद सुवेदी, वसन्तबहादुर क्षेत्री चयन भएका छन् । संगठनको कोषाध्यक्ष सुनिल कार्की चयन भएको आयोजकले जनाएको छ ।

केन्द्रीय कमिटीका सबै पदहरूमा निर्विरोध भएको अध्यक्ष अधिकारीले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सबैभन्दा नयाँ जनसंगठनको महाधिवेशन उद्घाटन गरेका थिए ।

यस्तो छ रिटर्नी फेडरेशन नेपालको केन्द्रीय कमिटी-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर